बेलबारी घटना : गला रेट्दै गरेको भिडियो खिच्ने र पोष्ट गर्नेलाई कारबाही गरिने

Newslaya Home

बेलबारी घटना : गला रेट्दै गरेको भिडियो खिच्ने र पोष्ट गर्नेलाई कारबाही गरिने

शनिबार १७, जेठ २०७७

मोरङ । मोरङस्थित बेलबारीमा बिहीबार आमाको हत्यापछि छोराले आत्महत्या गर्दै गरेको बीभत्स भिडियो सामाजिक सञ्जालमा फैलिएपछि मोरङ प्रहरीले त्यस्ता भिडियो अपलोड गर्नेलाई कारबाही गर्ने भएको छ ।

धारिलो छुराले आफ्नै गला रेट्दै गरेको भिडियो अहिले युटुव, फेसबुक र टिकटकमा जताततै भेटिन थालेको छ ।

भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालय नक्सालको ध्यानाकर्षण भएको थियो । स्वयम प्रहरी प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीले त्यस्तो भिडियो अपलोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङलाई निर्देशन दिइएका हुन् ।

अहिले मोरङ प्रहरीले उक्त भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने सबैको विवरण सङ्कलन गर्दैछ । प्रहरीले भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने सबैलाई पक्राउ गर्ने जनाएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • sulav kshetriलेख्नुहुन्छ
  • |
  • आइतबार १८, जेठ २०७७
sahi ho video khichne upload garne saploi karbahi hunu poryo...