झापाका संक्रमितलाई धरानस्थित कोभिड अस्पतालले भर्ना लिन नमानेपछि रातभर बाहिरै

Newslaya Home

झापाका संक्रमितलाई धरानस्थित कोभिड अस्पतालले भर्ना लिन नमानेपछि रातभर बाहिरै

शनिबार १७, जेठ २०७७

धरान । झापामा शुक्रबार कोरोना संक्रमित पुष्टि भएका २७ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले राख्न नमान्दा उनीहरु रातभर अस्पताल बाहिरै बस्नु परेको छ ।

यो घटना सार्वजनिक भएपछि अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान आएका छन् । हिजो साँझ ६ बजेतिर झापाका संक्रमितहरुलाई वीपी ल्याइएको थियो । तर, समन्वय नगरी पठाएको भन्दै वीपीले ती संक्रमितहरुलाई अस्पतालमा नराखेको बताइएको छ ।

सरकारले वीपी प्रतिष्ठानलाई लेभल थ्रीको अस्पतालमा वर्गीकृत गरेको छ । सय बेडको कोडिभ १९ अस्पताल पनि तयार गरेको जनाएको छ भने ७० बेडभन्दा बढी आइसोलेसन वार्ड भएको दाबी प्रतिष्ठानको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले अन्य सामान्य विरामीजस्तो नभएकोले अन्यत्रबाट पठाउदा राम्रो समन्वय हुनुपर्ने बताए ।