आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा धरानका एक व्यक्ति पक्राउ

Newslaya Home

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा धरानका एक व्यक्ति पक्राउ

शनिबार १७, जेठ २०७७

धरान । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१७ रेल्वेका ४५ वर्षका व्यक्ति रहेका छन् । आफ्नै १४ वर्षिय छोरीलाई पटक पटक बलात्कार गरेको भनेर आमाले किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका अभियुक्तका दुई श्रीमती रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।