एक स्वास्थ्यकर्मीको आरडिटी परिक्षण पोजेटीभ देखीएपछि चतरा स्वास्थ्य केन्द्र सिल

Newslaya Home

एक स्वास्थ्यकर्मीको आरडिटी परिक्षण पोजेटीभ देखीएपछि चतरा स्वास्थ्य केन्द्र सिल

शनिबार १७, जेठ २०७७

प्रकाशपुर । चतरा स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मीको आरडिटी परिक्षण गर्दा पोजेटीभ देखिएको छ ।

पोजेटीभ देखिएपछि शुक्रबार चतरा स्वास्थ्य केन्द्र सिल गरिएको बराहक्षेत्र वार्ड नंं.२ का वार्ड अध्यक्षय हरिकृष्ण भट्टराईले वताए ।

पोजेटीभ देखिएको स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर पिसिआर रिपोर्टको लागी धरान पठाएको बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाकी प्रमूख सुलोचना चौधरीले जानकारी दिइन् । उनले भनिन् ‘आरडिटी रिपोटमा पोजेटीभ आउदैमा अतालिनु परर्दैन साधारण रुघा लाग्दा पनि आरडिटी टेस्टमा कोरोना पोजेटीभ देखाउन सक्छ ।’