दिल्ली नजिकै भूकम्प, लाखौं मानिस घरबाहिर

Newslaya Home

दिल्ली नजिकै भूकम्प, लाखौं मानिस घरबाहिर

शनिबार १७, जेठ २०७७

नयाँदिल्ली । भारतको नयाँदिल्ली नजिकै शुक्रबार राति भूकम्प गएके छ । भुकम्प जाँदा यहाँका लाखौँ मानिस घरबाहिर निस्किन बाध्य भए ।

४ दशमलब ६ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्र हरियाणाको रोहतकनजिकै थियो । राष्ट्रिय भूगर्भ विज्ञान केन्द्रका अनुसार रातको ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्र मानिएको रोहतक क्षेत्र राजधानी दिल्लीबाट ६५ किलोमटर टाढा छ ।

दिल्लीको भूकम्पपछि भारतका विभिन्न सहरका मानिसले सामाजिक सञ्जालमा यसबारे लेख्दै धेरै बेरसम्म धक्का महसुश गरेको बताएका छन् । कम्तिमा ७ देखि ८ सेकेन्डसम्म यसको धक्का थियो ।