विद्यालमा क्वारेन्टिन बनाउन लागेको भन्दै स्थानीयले भत्काइदिए छानो

Newslaya Home

विद्यालमा क्वारेन्टिन बनाउन लागेको भन्दै स्थानीयले भत्काइदिए छानो

शुक्रबार १६, जेठ २०७७

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–६ का स्थानीयले क्वारेन्टिन बनाउन लागेको भन्दै नजिकको विद्यालयको छानो भत्काइदिएका छन् ।

नजिकमा रहेको विद्यालयमा क्वारेन्टिन बनाएर भारतबाट आएकालाई राख्दा वरपरकालाई कोरोना संक्रमण हुने भन्दै उनीहरुले विद्यालयको छानो भत्काइदिएका हुन् ।

स्थानीय टेक मल्लका अनुसार विद्यालयमा क्वारेन्टिन बनाएर भारतबाट आएकालाई राख्नेगरी नगरपालिकाले निर्णय गरेपछि त्यसलाई रोक्न स्थानीयले विद्यालयको छानो भत्काएका हुन् ।

उक्त विद्यालय हाल भगवति प्रावि र लक्ष्मी माविसँग गाभिएको पनि उनले बताए । उनका अनुसार उक्त विद्यालय वरपर ६० भन्दा धेरै घरधुरी छन् ।

भेरी नगरपालिकाका उपमेयर भावना भण्डारीले विद्यालयको भवन भत्काइएको बारेमा आफूलाई जानकारी नभएको बताइन् । उनले उक्त विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय नगर कार्यपालिकाबाटै गरिएको बताइन् ।