चट्याङ लागेर दुई महिलाको मृत्यु

Newslaya Home

चट्याङ लागेर दुई महिलाको मृत्यु

शुक्रबार १६, जेठ २०७७

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर त्रिवेणी–७ गैरीगाउँकी २१ वर्षीया आशा बुढा र सोही ठाउँकी ७५ वर्षीया खिरमाली बाँठाको मृत्यु भएको हो ।

बिहानको खाना खाएर बसिरहेको बेला चट्याङमा परी गम्भिर घाईते भएका उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए ।