इज्जतका लागि बाबुले गरे छोरीको हत्या

Newslaya Home

इज्जतका लागि बाबुले गरे छोरीको हत्या

शुक्रबार १६, जेठ २०७७

काठमाण्डौ । इरानमा १४ वर्षीया किशोरी रोमिना अशरफीका बाबुले करौंतीले घाँटी काटेर हत्या गरेका छन् ।

छोरीको प्रेमसम्बन्धबाट रिसाएका बाबुले इज्जतका लागि गरको हत्याको यस घटनाले इरानमा आक्रोश उत्पन्न गरेको छ । छोरी सुतिरहेको बेलामा सपता रेजाले घाँटी रेटेका थिए । प्रहरीले रेजालाई हिरासतमा राखेको छ ।

उत्तरी इरानको तालेशमा बस्ने रोमिना केही दिनअघि ३४ वर्षीय एक पुरुषसँग भागेकी थिइन् । पाँच दिनपछि उनलाई भेटियो र प्रहरी चौकी लगियो । त्यहाँबाट उनका बाबुले उनलाई घर लगेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।