पूर्वगृहमन्त्री शर्माद्वारा सुरक्षाकर्मी फिर्ता

Newslaya Home

पूर्वगृहमन्त्री शर्माद्वारा सुरक्षाकर्मी फिर्ता

बिहीबार १५, जेठ २०७७

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । उनले आफूसँग रहेका १० जना सशस्त्र प्रहरीसहित गाडी फिर्ता गरेका हुन् ।

नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका शर्माको व्यक्तिगत सुरक्षाको लागि गृह मन्त्रालयले सशस्त्र प्रहरीका सईको नेतृत्वमा टोली खटाएको थियो ।

शर्माले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई खादा लगाएर बिदाइ गरेको उनको निजी सचिवालयले जनाएको छ ।