इटहरीको विकासको लागि मुख्यमन्त्री र मन्त्रीहरुलाई मागपत्र

Newslaya Home

इटहरीको विकासको लागि मुख्यमन्त्री र मन्त्रीहरुलाई मागपत्र

बिहीबार १५, जेठ २०७७

इटहरी । इटहरीका सांसद तथा मेयर–उपमेयर लगायतको टोलीले नगर विकासको लागि प्रदेश सरकारसँग विभिन्न माग समेटिएको मागपत्र पेश गरेको छ ।

बाहिरी चक्रपथ, प्राविधिक कलेज, इटहरी अस्पतालको स्तरोन्नती, बहुजातीय संग्रहालय, जनता पार्क, सडक कालोपत्रे लगायतका योजनामा बजेट माग गरिएको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताए ।

उपमहानगरको बृहत्तर विकासका लागि विभिन्न योजनाहरु बजेटमा समेट्न प्रदेश सरकारसँग आग्रह गरिएको उनले बताए । टोलीमा उपसभामुख सरस्वती पोखरेल, प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम वस्नेत, इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम सहभागि थिए ।

मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियतलाई छुट्टाछुट्टै भेट गरि इटहरीको विकासका लागि बजेट माग गरिएको हो ।