४ लाखले निःशुल्क स्वास्थ्य बीमा पाउने

Newslaya Home

४ लाखले निःशुल्क स्वास्थ्य बीमा पाउने

बिहीबार १५, जेठ २०७७

काठमाण्डौ । सरकारले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ ।

यो आर्थिक वर्षमा ३ लाख जनालाई निःशुल्क स्वास्थ्य बीमा लागू गरिएकोमा नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न नागरिकलाई निस्शुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिएका हुन् ।