गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदेश १ प्रमुख ‘प्यासी’ले दिए शुभकामना

Newslaya Home

गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदेश १ प्रमुख ‘प्यासी’ले दिए शुभकामना

बिहीबार १५, जेठ २०७७

विराटनगर । प्रदेश १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले तेह्रौ गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै

उनले आजको दिनलाई नेपाली जनताले मुक्ति र शक्ति प्राप्त गरेको दिनको रुपमा स्मरण गरेका छन् ।

राष्ट्रियता, स्वाधिनता, सार्वभौमसत्ता, सम्पन्न बन्दै जनताका अधिकार, अवसर र सुरक्षा साथै नयाँ सभ्यता स्थापित गरेको दिनको रुपमा उनले स्मरण गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘विश्वव्यापी संक्रमणको रुपमा रहेको कोभिड–१९ कोरोना भाईरस संक्रमणले सबै लाई सताईरहेको यस बिकराल परिस्थितीको सामना गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनका निर्णय र निर्देशनको सबैले आ–आफ्नो ठाँउमा पालना गरौँ ।’