गीतकार रत्‍नशमशेर थापाको ८४ वर्षको उमेरमा निधन

Newslaya Home

गीतकार रत्‍नशमशेर थापाको ८४ वर्षको उमेरमा निधन

बिहीबार १५, जेठ २०७७

काठमाडौं । चर्चित गीतकार रत्नशम्शेर थापाको ८४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि छातीको बिरामी रहेका उनको उपचारको क्रममा नर्भिक अस्पतालमा बिहीबार दिउँसो निधन भएको हो ।

उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चित छन्। थापा प्रेम र राष्ट्रिय भावनाका गीत लेखनमा चर्चित थिए ।