सोलुखुम्बुका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

Newslaya Home

सोलुखुम्बुका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

बिहीबार १५, जेठ २०७७

विराटनगर । पहाडी जिल्ला सोलुखुम्बमा बिहीबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमण पुष्टि भएका युवकलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर पठाइएको नगरपालिकाले जनाइएको छ ।

संक्रमण पुष्टि भएका युवक लकडाउन सुरु भएयता घरमा नै बसिरहेको थिए । उनलाई कहाँबाट कसरी कोरोना सर्‍यो भन्ने खुलेको छैन ।