कंगोमा सशस्त्र समूहको आक्रमणबाट ४० जनाको मृत्यु

Newslaya Home

कंगोमा सशस्त्र समूहको आक्रमणबाट ४० जनाको मृत्यु

बिहीबार १५, जेठ २०७७

कंगो । प्रजातान्त्रिक गणतन्त्र कंगोको पहाडी इलाकाका सशस्त्र समूहको आक्रमणबाट ४० जना स्थानीयको मृत्यु भएको छ ।

‘अलाइड डेमोक्रेटिक फोर्स, एडिएफ’ समूहले यस्तो हमला गरेको बताइएको छ । बुधबार उक्त समूहले बुनिया सहरबाट १०० किलोमिटर दक्षिणपश्चिम तर्फ पर्ने साम्बोको गाउँमा आक्रमण गरेको हो ।

यस समूह अन्तर्राष्ट्रिय समूह आईएसआईएसप्रति वफादार रहेको बताइन्छ । तर यी समूहबीच कुनै किसिमको सहकार्य भएको प्रमाण भेटिएको छैन । कंगोमा विभिन्न सशस्त्र समूहको हिंसाका कारण इटुरी प्रान्तबाट मात्रै पछिल्लो दुई महिनायता २ लाख मानिस विस्थापित भएका छन् ।

यस क्षेत्रमा सशस्त्र हमलाले गर्दा इबोला महामारी विरुद्धको गतिविधि समेत प्रभावित भएको थियो ।