कोशी अस्पतालबाट थप ४ जना कोरोना जितेर घर फर्के

Newslaya Home

कोशी अस्पतालबाट थप ४ जना कोरोना जितेर घर फर्के

बिहीबार १५, जेठ २०७७

विराटनगर । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचाररत थप चारजना कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् ।

उदयपुरको भुल्केका तीन महिलासहित चारजना निको भई घर फर्केको केन्द्रले जनाएको छ । यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् ।

घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको जनाइएको छ ।

प्रदेश १ मा निको हुनेको सङ्ख्या ३० पुगेको छ ।