जनकपुरमा प्रहरीद्वारा ११ लाख बराबरको मदिरा बरामद

Newslaya Home

जनकपुरमा प्रहरीद्वारा ११ लाख बराबरको मदिरा बरामद

बिहीबार १५, जेठ २०७७

धनुषा । जनकपुरमा ११ लाख बराबरको मदिरा प्रहरीले बरामद गरेको छ ।

जनकपुर–४ स्थित महेश्वर मण्डलको घरको गोदाममा राख्‍न लागेको अवस्थामा प्रहरीले ११ लाख रुपैयाँ बराबरको दिलवाले नामक सौफी मदिरा बरामद गरेको हो । ना २ ख ८२७९ नम्बरको ट्रकमा ल्याएर झार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फेला पारी ट्रकसहित बरामद गरेको हो ।

ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।