वीरगन्ज नेसनल मेडिकल कलेजमाथि कारबाही गर्न माग

Newslaya Home

वीरगन्ज नेसनल मेडिकल कलेजमाथि कारबाही गर्न माग

बिहीबार १५, जेठ २०७७

वीरगन्ज । वीरगन्ज नेसनल मेडिकल कलेजमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ। निशुल्क डायलासिस गराइरहेका ७ जना मृगौलाका बिरामीको मृत्यु भएपछि कलेजलाई कारबाही गर्न माग गरिएको हो ।

मृतकका आफन्त र उपचार गराइरहेका बिरामीका आफन्तहरुले नेसनल मेडिकल कलेजलाई कारबाहीको माग गरेका हुन्। मेडिकल कलेजमा वैशाख ३ गतेदेखि डायलासिस सेवा लिइरहेका ४० मध्ये ७ जना मृगौलाका बिरामीको मृत्यु भएको थियो ।

बाँकी ३३ जना बिरामीले अहिले पनि मेडिकल कलेजमै डायलासिस सेवा लिइरहेका छन् । मेडिकल कलेजको लापरवाहीकै कारण १ महिनामा ७ जनाको मृत्यु भएको भन्दै छानविन गरी मेडिकल कलेजलाई कारबाही गर्न मृतक तथा बिरामीका परिवारले माग गरेका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर बिरामीका परिवारजनले ज्ञापनपत्र बुझाउँदै मेडिकल कलेजलाई कारवाहीको माग गरेका हुन् ।