आज संसदमा बजेट प्रस्तुत हुँदै

Newslaya Home

आज संसदमा बजेट प्रस्तुत हुँदै

बिहीबार १५, जेठ २०७७

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार (आज) संघीय संसदमा आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दैछन्। अर्थ मन्त्रालयले बजेट तयारीका सबै काम लगभग पूरा गरेको बताएको छ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दैछन्।

कोरोना संक्रमणको महामारीबाट सिर्जित समस्या समाधानको लागि ध्यान दिएर महामारी केन्द्रित बजेट बनाएको अर्थमन्त्रालयका अधिकारीहरूले बताएका छन्।