इटहरीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

Newslaya Home

इटहरीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

बिहीबार १५, जेठ २०७७

इटहरी । इटहरीमा मादक पदार्थ सेवन गरेर झगडा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

गत १२ गते इटहरी–१९ का जसबहादुर तामाङ र सोही वडाका कमल बस्नेत बीच झगडा भएको र तामाङले बस्नेतलाई धकेल्दा ट्याक्टरले किचेर घाईते भएका बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

बस्नेत को १ त ४५१३ नम्बरको ट्याक्टरको मुनि छिरेका थिए । विराटनगरको टिचिङ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्याक्टर र तामाङलाई भने इलाका प्रहरी कार्यलय इटहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।