प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)

बिहीबार १५, जेठ २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । सङ्गीतकार प्राज्ञ अशोक राईले गीतमा सङ्गीत भरेका छन् ।

देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वरमा रहेको छ ।

उक्त गीत केपी ओलीले हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका हुन् ।