प्रदेश २ मा थप ७६ जनामा कोरोना पुष्टि

Newslaya Home

प्रदेश २ मा थप ७६ जनामा कोरोना पुष्टि

बिहीबार १५, जेठ २०७७

काठमाडौं । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुने सबैभन्दा बढी धनुषाका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने धनुषाका २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना छन् । बुधबार रौतहटका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि हिजोमात्र ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजै कोरोना संक्रमित एक जनाको निधन भएको थियो ।

बुधबार ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो । उनको निधनसँगै नेपालमा कोरोना संक्रमित पाँच जनाको निधन भएको छ ।