भारतमा कोरोनाबाट एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु, संक्रमित पनि उच्च

Newslaya Home

भारतमा कोरोनाबाट एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु, संक्रमित पनि उच्च

बिहीबार १५, जेठ २०७७

काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ३ लाख ५७ हजार ४३२ जनाको मृत्यु भएको छ भने ५७ लाख ९० हजार १०३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ९७ हजार ६१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । ५२ हजार ९७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ४ हजार ५३४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार ३३३ जनालाई संक्रमण भईसकेको छ ।

त्यस्तै आज मात्रै त्यहाँ २४७ जना नयाँ संक्रमित थपिएका छन् भने भारतमा ६७ हजार ७४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ७ हजार २९३ जना संक्रमित थपिएका छन् ।

यो भारतमा एकदिनमा थपिएका अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो । त्यस्तै बुधबार नै १९० जनाको मृत्यु भएको छ ।