आज १३औँ गणतन्त्र दिवस

Newslaya Home

आज १३औँ गणतन्त्र दिवस

बिहीबार १५, जेठ २०७७

काठमाडौं । नेपालमा गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भई तेह्रौँ वर्ष लागेको छ ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिदै आए पनि गत वर्षदेखि गणतन्त्र दिवसको बिदा कटौती गरेको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा गृहमन्त्रालयले दिपावली गरी दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार आज र भोलि साँझ पनि घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।