बलिउड अभिनेता किरण कुमारले जिते कोरोना

Newslaya Home

बलिउड अभिनेता किरण कुमारले जिते कोरोना

बुधबार १४, जेठ २०७७

काठमाडौं । बलिउडका चर्चित अभिनेता किरण कुमारले कोरोना भाइरसलाई जितेका छन् । भारतिय मिडियाका अनुसार ७४ वर्षीय अभिनेता किरण कुमारको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । कोरोनाको संक्रमण देखिएपछि उनी १४ मेदेखि क्वारेन्टाइनमा बसेका थिए ।

उनको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको परिवार केही समय आइसोलेसनमा बस्ने बताइएको छ । उनलाई कोरोना पोजेटिभ हुँदा कोरोनाको लक्षण भने देखिएको थिएन ।