धानको बिउ राख्दा किसानहरुले छुटाउनै नहुने कामहरु

Newslaya Home

धानको बिउ राख्दा किसानहरुले छुटाउनै नहुने कामहरु

- बाबुराम कार्की
बुधबार १४, जेठ २०७७

मानो रोपेर मुरी फलाउने र केजिमा रोपेर मनमा फलाउने किसानहरुले बिउ रोप्दा नै ख्याल गरिएन भने परिश्रा मात्र खेर जाने हुन्छ । बिउको राम्रो उपचार गरेर राखिएको बिउले मात्र राम्रो फसल दिने हुँदा बिउ राख्दा नै विभिन्न कुरामा किसानले ख्याल गर्नै पर्छ । तराइमा जेठ पहिलो सातादेखि नै धानको बिउ राख्न सुरु गरिन्छ र बिउ राखेको १५ देखि २२ दिनको बिउ भएपछि रोप्नुपर्छ । अझैपनि कतिपय किसानहरुले बिउ राख्ने तरिका नजान्दा र बिउ छिप्याएर रोप्दा उत्पादनमा कमि अउने गरेको छ र किसानले गरेअनुसारको मेहनतको उपलब्धी नहँुदा किसानहरु निरास बन्नुपर्ने अवस्था छ ।

त्यसैले बिउ राख्दा यी तलको कुरामा ध्यान दिऔ र बिउको छनोट गरेर हावापानी र माटो सुहाउदो रोपेमात्र राम्रो उत्पादन लिन सकिन्छ । पछिल्लो समय धानका विभिन्न उन्नत जातहरु समेत आएका छन् तर, बिउहरु राख्ने तरिकाहरु एउटै छन् ।

धानको असल बीउ छनौट, बीउ उपचार प्रबिधि
– बीउ एक जिबित बनस्पति हो, जसलाई उचित तापक्रम, हावापानी, प्रकाश आदी उपलब्ध गराइएमा एक बिरुवाको रुपमा परिणत हुन्छ । खेती गरेर राम्रो उत्पादन लिनको लागि असल बीउको महत्वपूर्ण स्थान हुन्छ ।
– असल बीउमा हुनु पर्ने गुणहरु

क) बीउको बंशानुगत गुण
– बीउको जातीय गुण नाश नभएको र विकृति नआएको ।

ख) बीउको भौतिक गुण
– राम्ररी केलाई सफा गरिएको
– फुटेको, टुटेको र टुक्रा भएको बीउ नमिसिएको ।
– स–साना ढंङ्गा, माटो, पात डा“ठ आदीक टुक्रा नमिसिएको ।
– झारपात र अन्य बालीको बीउ नमिसिएको ।

ग) बीउको स्वास्थ सम्बन्धी गुण
– रोग र किराले नोक्सान नपु–याएको ।
– बीउबाट सर्ने रोग नभएको ।
– बिषादी द्धारा उपचार गरिएको ।

घ) बीउको शारिरीक गुण
– उमार प्रतिशत राम्रो भएको ।
– उचित मात्रामा सुकेको ।
– पोटिलो र चम्किलो दाना भएको ।

नून पानीमा बीउ उपचार
– १० लिटर पानीमा १.६५ किलो खानेनून वा २.२ किलो एमोनियम सल्फेट मल घोल्ने ।
– त्यस घोलको घनत्व जांच गर्न,कुखुराको फुल त्यस घोलमा डुवाएर हेर्ने , त्यति घोलको सतहमा फुलको माथिल्लो भाग तैरिन्छ भने घनत्व करीब १ बराबर हुन्छ । त्यस्तो घोलमा भुस सजिलै संग तैरिन्छ तर पोटीलो बीउ पिंधमा जम्छ ।
– यो १० लिटर नून पानीमा १ किलो धानको बीउ घोल्ने र चलाउने, एक छिन पछि पोटीलो बीउ पिधमा जम्छ । भुस माथी सतहमा तैरिन्छ । भुसलाई हटाउने यो प्रकृया एक पटक वनाएको घोलमा ५–१० किलो सम्म वीउ छान्न सकिन्छ ।
– यसरी छानेको बीउलाई सफा पानीले धुने ।
– धोएपछि लगतै बीउलाई घाममा सुकाउने । सुकाएको बीउ १३ प्रतिशत भन्दा कम चिस्यान वनाएर,वोरा वन्दी गरि भण्डारण गर्न सकिन्छ ।
– बीउ छर्नु भन्दा १ महिना पहिले बीउको उमारशक्ति परिक्षण गर्नु पर्दछ । ठीक उमारशक्ति ( ८० प्रतिशत ) भएमा मात्र वीउको लागि प्रयोग गर्नु पर्दछ ।
– १० लिटर पानीमा १.६५ किलो खानेनून वा २.२ किलो एमोनियम सल्फेट मल घोल्ने ।
– त्यस घोलको घनत्व जांच गर्न,कुखुराको फुल त्यस घोलमा डुवाएर हेर्ने , त्यति घोलको सतहमा फुलको माथिल्लो भाग तैरिन्छ भने घनत्व करीब १ बराबर हुन्छ । त्यस्तो घोलमा भुस सजिलै संग तैरिन्छ तर पोटीलो बीउ पिंधमा जम्छ ।
– यो १० लिटर नून पानीमा १ किलो धानको बीउ घोल्ने र चलाउने, एक छिन पछि पोटीलो बीउ पिधमा जम्छ । भुस माथी सतहमा तैरिन्छ । भुसलाई हटाउने यो प्रकृया एक पटक वनाएको घोलमा ५–१० किलो सम्म वीउ छान्न सकिन्छ ।
– यसरी छानेको बीउलाई सफा पानीले धुने ।
– धोएपछि लगतै बीउलाई घाममा सुकाउने । सुकाएको बीउ १३ प्रतिशत भन्दा कम चिस्यान वनाएर,वोरा वन्दी गरि भण्डारण गर्न सकिन्छ ।
– बीउ छर्नु भन्दा १ महिना पहिले बीउको उमारशक्ति परिक्षण गर्नु पर्दछ । ठीक उमारशक्ति ( ८० प्रतिशत ) भएमा मात्र वीउको लागि प्रयोग गर्नु पर्दछ ।

बिषादी द्वारा बीउ उपचार
वीउबाट सर्ने ढुसी जन्य रोगहरु र व्याक्टेरीया वाट सर्ने रोगहरु वाट वच्न विषादीले उपचार गरिन्छ ।
– ढुसी नाषक विषादी बेभिष्टीन धुलो वा थाइराईड वा डाइथेन एम –४५ –२–२.५ ग्राम प्रति किलो सुखा वीउमा मिसाएर उपचार गर्नु पर्दछ । वीउ छर्नु भन्दा १ हप्ता पहिले बीउ उपचार गर्नु पर्दछ ।
– व्याक्टेरिया जन्य डढुवा रोगवाट वचाउन स्ट्रेप्टोसाइक्लीन वा एग्रीमाइसीन १००, दर १ ग्राम प्रति १० लि.पानी झोलमा नून पानी उपचार पछि वीउ करिब १० मिनेट डुवाएर उपचार गर्नु पर्दछ ।

बीउ अंकुरण
– हिले व्याडमा बेर्ना हुर्काउन बीउ अंकुरण गर्नु पर्दछ । अंकुर बीउबाट राम्रो बेर्ना उम्रिन्छ । बीउ सफा पानीमा २७ डिग्री सेन्टीग्रेड तापक्रम मा २४ घन्टा भिजाउने ।पानी तर्काउने,एक ठाउंमा बीउ जम्मा गरि ४८ घन्टा गुम्स्याउने , यसरी वीउ अंकुर हुन्छ ।

धानको व्याड व्यबस्थापन
– हाम्रो देशको बिभिन्न ठाउंको प्रचलन अनुसार बिषेश गरी धानको व्याड दुइ तरिकाले बनाउने गरेको पाइन्छ । जस्तै (क) हिले व्याड(ख) धुले व्याड ।

व्याडको तयारी गर्ने कामः
– खेतमा धानको बेर्ना रोप्नु भन्दा अगाडी २५ देखि ३० दिन अगाडी हिले व्याड होस् वा धुले व्याड तयार गरिन्छ । हिले व्याडको लागी एक पटक खेत लाई जोत्ने काम गरिन्छ र राम्ररी माटो नहिल्ये सम्मको लागी हेरो लगाईन्छ वा लेड्कोले हिल्याईन्छ । तर धुले व्याडको लागी भने राम्ररी खनजोत गरी डल्ला फोर्ने काम गरिन्छ । एक मिटर वा डेढ मिटर सम्म चौडा र बेर्नाको आबश्यकता अनुसार लम्बाई तयार गरिन्छ । यसरी नापजांच गरेको व्याड जमिनको सतह भन्दा अलिकत माथी उठेको बनाउनुपर्दछ ।

व्याडको बिवरण
– तराई क्षेत्रको लागी एक कठ्ठामा धानको बेर्ना तयार गर्न करिव ३४ के.जी. बीउको आबश्यकता पर्ने हुन्छ र यस्ले १ बिघा खेत रोपाई गर्न प्रयाप्त हुन्छ भने पहाडी भेगको लागी एक रोपनी जग्गामा तयार गरेको बेर्नाले एक हेक्टर वा २० रोपनी क्षेत्रफल रोपाइ गर्न पुग्दछ यस्को लागी ५० के.जी धान बीउको आबश्यकता पर्ने हुन्छ । तर,
हिले व्याडः बेर्नाहरुको बृद्धि छिटो हुन्छ र बेर्नाहरु बलिया दरा हुन्छन् तर, लगातार पानीको जरुरत पर्ने र बेर्नाहरु उखेल्न अलि कठिन पर्ने हुन्छ ।
धुले व्याडः राम्ररी बेर्नाहरु हुर्कन्छन्, बेर्नाहरु उखेल्न सजिलो पर्ने हुन्छ, बेर्नाहरु अनुपयूक्त बाताबरणमा पनि खप्न सक्ने हुन्छ तर, जमिन तयारीमा बढी खर्च हुन्छ अनि बलौटे तथा चिम्ट्याईलो माटोमा उपयूक्त हुन सक्दैन ।

व्याडका लागी मलखादः
– गाउं घरमा पाईने असुरो, तितेपाती, खिर्रा, सिरिस आदि हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ ।
– बीउ छरेको २–१० दिन पछि ५०० ग्राम (आधा कीलो) यूरिया १०० बर्ग मिटरको क्षेत्रफल ढाक्नेगरी छर्ने ।

व्याडमा बीउ छर्ने तरिकाः
– बीउ छर्दा समथर जग्गा तथा छराईको एक रुपता एबम् बीउ छराईको गहिराइ राम्ररी बिचार पु–याउनु पर्दछ
– बीउ छर्ने व्याडको जग्गा लाई समथर बनाई बीउ छर्ने काम गर्नु पर्दछ अन्यथा बीउ उमार शक्तीमा बाधा पुग्न जान्छ ।
– प्रति बर्गमिटर २।३ मुठी उम्रेका बीउहरु एक नाशले छर्नु पर्दछ ।

व्याडमा सिचाई व्यबस्थापनः
– बेर्नाहरु बढ्ने अबश्थामा माटो ठीक्क भिज्ने गरी सिचाई दिनु पर्दछ ।
– जब बीउ उम्रेर ३ से.मी का हुन्छन् तव झारपात आउन नदिन बेर्नाको उचाई बिचार गरी छिपछिपे हुने गरी पानी दिनु पर्दछ ।
– पानीको स्तर बढी भएमा बेर्ना कमजोर हुन जान्छन् ।

व्याडको रेखदेखः
– धानको बेर्नाको कारण बाट उत्पादनमा निकै फरकता आउने हुनाले बढी भन्दा बढी रेखदेख पु–याउनु पर्दछ ।
– व्याडको बाली संरक्षण को कुराहरु निकै ध्यान दिनु पर्दछ ।
– गवारो, लिफ होप्पर, पात खाने कीरा, हिस्पा आदि कीराहरु बाट बचाउन कम्तीमा पनि २ पटक सिफारिस गरे अनुसारका बिषादी छर्नु पर्दछ ।
– व्याडमा पानीको स्तर कायम राख्न आलीहरु लार्य राम्ररी मिलाउनु आबश्यक हुन्छ ।
व्याडमा झारपात आउन नदिनको लागी समय समयमा निरिक्षण गरी उखेली दिनु पर्दछ ।