भोलिदेखि बिर्तामोडको सिल खुल्ने

Newslaya Home

भोलिदेखि बिर्तामोडको सिल खुल्ने

बुधबार १४, जेठ २०७७

बिर्तामोड । सरकारले गत चैत्र ११ गतेबाट गरेको लकडाउनको उल्लघन गर्दै सहरमा भिडभाड बढेको भन्दै अघोषित कफ्र्यु रहेको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलि (बिहीबार) देखि संघीय सरकारको निर्णयानुसार हुने भएको छ ।

मंगलबार नगरपालिकामा भएको छलफलको निश्कर्ष र बुधबार उद्योगी व्यवसायीको आग्रहपछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गरेको हो । नगरपालिकाले सिल खुल्ला गर्ने निर्णय गरेको छ ।

भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बिर्तामोड नगरपालिका कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको आजको बैठकको निर्णयाअनुसार खाद्यान्न पसलहरु र निर्माणजन्य तथा अत्यावश्यक सामाग्रीका पसलहरु जोर–बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजे सम्म खोल्न पाउने भएको छ ।

यस्तै बैंक तथा बित्तीय संस्थाहरु १० बजेदेखि १ बजेसम्म खोल्ने निर्णय भएको छ । सोका लागि बैंकर संघको समय तालिका पालना गरिनेछ । झापामा समेत कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला लकडाउन उल्लघंन बढेपनि नगर क्षेत्रमा संक्रमण भित्र्न नदिन नगरपालिकाले सबै सीमा नाका बन्द गरेर नगर सिल गर्ने निर्णय गरेको थियो ।