कोशी अस्पतालबाट उदयपुरका चारजना डिस्चार्ज भए

Newslaya Home

कोशी अस्पतालबाट उदयपुरका चारजना डिस्चार्ज भए

बुधबार १४, जेठ २०७७

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४ जना सफल उपचारपछि डिस्चार्ज भएका छन् ।

बुधबार दिउँसो उदयपुर भुल्केका ६५ वर्षीय सविरण खातुन, ५८ वर्षीय मो।अलिजान, ४० वर्षीय माधो खातुन र ३६ वर्षीया जुवेदा खातुन डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएका मो. अलिजान र जुवेदा खातुनमा संक्रमण देखिएपछि गत वैशाख ९ गते त्यसैगरि, माधो खातुन र सविरण खातुन बैशाख २७ गते उपचारका लागि केन्द्रमा भर्ना भएको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनीहरुलाई उदयपुर भुल्के पठाइएको छ । यससँगै प्रदेश एकबाट कोभिड १९ संक्रमित मध्ये ३० जना सफल उपचारपछि केन्द्रबाट डिस्चार्ज भइसकेका छन् ।