एकै दिन ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

Newslaya Home

एकै दिन ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

बुधबार १४, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८८६ पुगेको छ ।

बुधबार ११४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले बताएको छ । अहिलेसम्म नेपालमा सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।