झापामा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार १४, जेठ २०७७

झापा । झापाको मेचीनगर नगरपालिका–१२ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो आफ्नै घर छेउमा करेन्ट लगाई माछा मार्ने क्रममा २४ बर्षीय रामायण राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो ।

माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागी घाईते भएका उनको मनमोहन अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।