थारु कल्याणकारिणी सभाद्धारा इटहरी राहत कोषमा आर्थिक सहयोग प्रदान

Newslaya Home

थारु कल्याणकारिणी सभाद्धारा इटहरी राहत कोषमा आर्थिक सहयोग प्रदान

बुधबार १४, जेठ २०७७

इटहरी । थारु कल्याणकारिणी सभाले इटहरीको विपत व्यवस्थापन कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिरहेको अवस्थामा थारू कल्‍याणकारिणी सभा इटहरी नगर कार्य समितीले राहत कोषका लागि नगद सहयोग रु. ६६ हजार ७५ रुपैयाँ इटहरीका मेयर द्धारिकलाल चौधरीलाई हस्तान्तरण गरेको हो ।

स्थानीय सरकारलाई सहयोग गर्दै विपत्तिको अवस्थामा विपन्न वर्गहरुका लागि थारू कल्याणकारिणी सभा ईटहरीले समाजिक सञ्जाल मार्फत ‘एक हजार संकलन अभियान’ सञ्चालन गरेको हो । लकडाउनको पालना गरि वडा नं १४ मा दुखि लाल चौधरी, वडा नं १५ मा शिव नारायण चौधरी, वडा नं ७ मा मनाई चौधरीले रकम संकलन अभियानको संयोजन गरेका थिए ।

उक्त अभियानमा अपिल गरेसँगै ३६ जना अग्रज थारू बुद्धिजीवी, समाजसेवीहरूले सहयोग गरेका हुन् । 

कोरोनाको महामारीबाट आउने मानव संकटको चुनौती एकता र सहयोगलेनै जित्न सकिने उद्देश्यले सहयोग प्रदान गरिएको रकम संकलनका संयोजक था.क.स.इटहरीका सचिव अशोक कुमार चौधरीले बताए ।

थाकस ईटहरी उपाध्यक्ष सुशीला लेखी, कोषाध्यक्ष सावित्री चौधरी, १४ नं वडाका अध्यक्ष रमेश प्रसाद चौधरी, शंकर लाल चौधरी लागयतका सहयोगकर्मिहरुको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

No description available.