लकडाउनका कारण गम्भीर बिरामी आमालाई भेट्न पाएनन् यी प्रधानमन्त्रीले

Newslaya Home

लकडाउनका कारण गम्भीर बिरामी आमालाई भेट्न पाएनन् यी प्रधानमन्त्रीले

बुधबार १४, जेठ २०७७

ऐजेन्सी । नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले गम्भीर बिरामी भएर मृत्यु भएकी आफ्नी आमालाई पनि भेट्न नपाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाभाइरसको संक्रमण कम गर्न गरिएको लकडाउनका कारण प्रधानमन्त्रीले आफ्नी आमालाई भेट्न नपाएका हुन् ।
प्रधानमन्त्री रुटले सोमबार आफ्नी ९६ वर्षीय आमाको गत मे १३ मा निधन भएको जानकारी दिएका छन् । उनी हेगस्थित एउटा केयर होममा बस्थिन् ।

प्रधानमन्त्रीकी रुटेकी आमालाई कोरोनाभाइरसको संक्रमण भने भएको थिएन।
नेदरल्यान्डमा त्यहाँ जुन १५ सम्म लकडाउन लम्ब्याइएको छ।
लकडाउनका बाबजुद नेदरल्यान्डमा ४५ हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने ५ हजार ८ सयले ज्यान गुमाएका छन्।