आन्तरिक उडान खुलाउने तयारी कोरोना प्रमाणपत्र अनिवार्य

Newslaya Home

आन्तरिक उडान खुलाउने तयारी कोरोना प्रमाणपत्र अनिवार्य

बुधबार १४, जेठ २०७७

काठमाडौ । सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुला गर्ने तयारी गरिएको छ । मिति नतोकिएपनि असारको पहिलो साताबाट उडान सुरु हुने अनुमान गरिएको छ ।

विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । विमानमा चढ्नको लागि यात्रुले पिसिआर वा र्‍यापिड टेस्टको रिपोर्ट देखाउनुपर्नेछ ।

मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियममा छ । हवाई उडानमा घरपालुवा जनावर ओसारपसार गर्न नपाइने व्यवस्था छ । रुघाखोकी, जिउ दुख्नेलगायत लक्षण देखिएका यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइनेछ । श्वासप्रश्वासका रोगीलाई निषेध गरिनेछ ।

विमानमा स्यानिटाइज्ड गरिएका पानीबाहेक अन्य खानेकुरामा पूर्ण प्रतिबन्ध लाग्नेछ । चर्पी प्रयोग गर्न पाइने छैन ।