भारतले सीमाबाट जिस्काउन थालेपछी युद्दको तयारी थाल्न चिनियाँ सेनालाई जिनपिङ्को आदेश

Newslaya Home

भारतले सीमाबाट जिस्काउन थालेपछी युद्दको तयारी थाल्न चिनियाँ सेनालाई जिनपिङ्को आदेश

बुधबार १४, जेठ २०७७

काठमाडौ । चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख ६६ वर्षीय जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।

राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षाका लागि तयार रहन आदेश दिइएको हो । जिनपिङको यो टिप्पणी लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो ।

भारतले अरु देशसंगै चीनको सीमामा समेत हस्तक्षेप गर्न थालेपछी चीन आक्रोसित बनेको हो ।