सेती अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा दुई जनाको मृत्यु

Newslaya Home

सेती अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा दुई जनाको मृत्यु

बुधबार १४, जेठ २०७७

काठमाडौं । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका एक जना कोरोना शंकास्पदको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको हो । उनी मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनी मंगलबार नै भारतको महारास्ट्रबाट आएको जनाइएको छ ।

मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताए । पिसिआरको आगि स्वाब संकलन गरिएको उनले जानकारी दिए । भारतबाट आएका र त्यसैमाथि स्वास्थमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, कञ्चनपुर जिल्लामा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ७ का वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो ।

सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीम सिंहले बताए ।

रानाको मृत्युको कारण खुल्न सकेको छैन । अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।