नेपालको नक्सा बिक्रीमा

Newslaya Home

नेपालको नक्सा बिक्रीमा

बुधबार १४, जेठ २०७७

काठमाडौं । नापी विभागले नेपालको नक्सा बिक्रीमा राखेको छ । सरकारले हालै जारी गरेको नक्सा कुनै व्यक्ति वा संस्थालाई आवश्यक भएमा नापी विभागमा राजस्व बुझाएर लिन सकिने महानिर्देशक प्रकाश जोशीले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले कुनै पनि व्यक्ति वा संस्थाले विभागको वेबसाइटबाट डाउनलोड गरी वा अन्य कुनै पनि स्रोतबाट विभागको स्वीकृतिबिना मुद्रण र बिक्री गरेको पाइएमा कारवाही गरिने जनाएको छ ।