गाउँपालिका अध्यक्षले कोरोना सङ्क्रमित भएको घोषणा आफैँ गरे

Newslaya Home

गाउँपालिका अध्यक्षले कोरोना सङ्क्रमित भएको घोषणा आफैँ गरे

बुधबार १४, जेठ २०७७

काठमाडौँ । धुर्कोट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराएका हुन् ।

धुर्कोट गाउँपालिकाको छिमेकी गाउँमा समेत कोरोना सङ्क्रमण देखिएपछि धुर्कोट गाउँपालिकाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालकको कोरोना चेकजाँच गर्दा आफूमा कोरोना पोजेटिभ देखिएको र आफू सो समयमा गाउँपालिकाभन्दा बाहिर सदरमुकाम मात्रै गएको र आफ्नो गाउँपालिका निक्कै जोखिम रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सङ्क्रमण समयमै पहिचान भएकाले अवसरको रुपमा लिएको उनले विज्ञप्तिमा उल्लेख गरे । उनले आफू एकान्तवासमा बसेको र आफ्नो सम्पर्कमा रहनु भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने भएकाले क्वारेन्टाइनमा बस्न सबैलाई अनुरोधसमेत गरे ।