२०७७ जेठ १४ गते बुधबारको राशिफल

Newslaya Home

२०७७ जेठ १४ गते बुधबारको राशिफल

बुधबार १४, जेठ २०७७

मेष । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

वृष । आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्दै जानेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ ।

मिथुन । आज मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।

कर्कट । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ला । मनमा उत्साह र उमङ्ग छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

सिंह । आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी र सामाजिक निकाएको भय रहला ।

कन्या । आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

तुला । आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

वृश्चिक । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । आफूले गरेको कार्यबाट मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

धनु । आज लगानी गर्नु उपलब्धीमूलक हुँदैन र खर्चपनि हुनेछ । प्रेममा समस्या आउला, तर नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ ।

मकर । आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

कुम्भ । आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

मीन । आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।