प्रेस युनियन सुनसरीको डिजिटल पात्रो उद्घाटन

Newslaya Home

प्रेस युनियन सुनसरीको डिजिटल पात्रो उद्घाटन

मङ्गलबार १३, जेठ २०७७

इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रोको उद्घाटन गरेका छन् ।

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर देउवाले डिजिटल पात्रो उद्घाटन गरेका हुन् ।

पात्रोको उद्घाटन गर्दै देउवाले अहिलेको प्रविधिको युगमा डिजिटल पात्रो निर्माण गरेकोमा बधाई दिए ।

स्थापना दिवस मनाउन मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरू समेत कोरोनाबाट संक्रमति हुन थालेकाले सजगता अपनाउन अपिल समेत गरे ।

कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउँदै श्रमजीवि पत्रकारको हकहितमा काम गर्दै जाने बताए ।

कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले लकडाउनको समयमा प्रेस युनियन जिल्ला कार्यसमितिले यहाँका क्रियाशिल २२० जना पत्रकारहरुको कोरोना बीमा गरेको बताए ।

युनियनको पात्रो प्ले स्टोरमा गएर सर्च गरेर डाउनलोड गर्न सकिनेछ ।