सामान्य ज्वरो समेत नजाँची भित्रिए हजार बढी नेपाली

Newslaya Home

सामान्य ज्वरो समेत नजाँची भित्रिए हजार बढी नेपाली

मङ्गलबार १३, जेठ २०७७

काँकडभिट्टा । मेचीपारि अलपत्र परेका करिब एक हजार नेपालीलाई मंगलबार सामान्य ज्वरो समेत परीक्षण नगरी भित्र्याइएको छ । भारतीय सुरक्षा संयन्त्रको समन्वयमा उनीहरुलाई मेची पुलमुनीको बाटोबाट भित्र्याइएको हो ।

भारतको विभिन्न सहरमा कार्यरत श्रमिक, विद्यार्थी लगायत हजार बढीलाई सामान्य ज्वरो समेत नजाँची भित्र्याइएको हो ।

भारतको पानीट्यांकी, नक्सलवारी, सिलिगुडी आदि क्षेत्रमा अलपत्र उनीहरु मंगलबार बिहानदेखि भित्र्याइएको थियो । झापासहित विभिन्न जिल्लाका उनीहरुलाई गाडी रिजर्भ गरेर सम्बन्धित जिल्ला पठाइएको छ ।

मेचीनगरका मेयर विमल आचार्यका अनुसार झापाका नागरिकलाई सम्बन्धित पालिकाहरुले बुझेर क्वारेन्टाइनममा राख्‍ने छन् । जिल्ला बाहिरकालाई गाडी रिजर्भ गरी पठाइएको छ ।

तस्बिर : कान्तिपुरबाट