एकैदिन १०१ जनामा कोरोना पुष्टि

Newslaya Home

एकैदिन १०१ जनामा कोरोना पुष्टि

मङ्गलबार १३, जेठ २०७७

राजविराज । सप्तरीमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै र्मगलबार मात्र कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार नै ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक÷एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।