आज ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

Newslaya Home

आज ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

मङ्गलबार १३, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुनेको संख्या ७७२ पुगेको छ ।

मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजै नारायणी अस्पतालबाट ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ ।