गुल्मीमा एक गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि

Newslaya Home

गुल्मीमा एक गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि

मङ्गलबार १३, जेठ २०७७

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा गुल्मीका दुईजनामा संक्रमण भेटिएको थियो ।

केही समयअगाडि भारतबाट नेपाल आएका अर्का संक्रमित भने पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति हुन् । संक्रमितको दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए ।

उनीहरू दुवैलाई आइसोलेसनमा राख्‍ने तयारी भइरहेको छ । अहिले गाउँपालिका केन्द्र बर्कोट क्षेत्रदेखि वडानम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ ।