श्रीमती मार्नका लागि गोमन सर्प पठाउने श्रीमान पक्राउ

Newslaya Home

श्रीमती मार्नका लागि गोमन सर्प पठाउने श्रीमान पक्राउ

मङ्गलबार १३, जेठ २०७७

काठमाण्डौ । भारतको केरलमा आफ्नी पत्नीको हत्या गर्नका लागि कोठामा गोमन सर्प पठाउने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

सुरजले मार्च महिनामा पनि खतरनाक भाइपर सर्प ल्याएको र त्यसले टोक्दा उनकी पत्नी उत्तरा दुई महिनासम्म अस्पतालमा बस्नुपरेको प्रहरीले जनाएको छ ।

उत्तरा माइतमा बसेर निको भइरहँदा सुरजले एकजना सपेरासँग गोमन साँप किनेर ल्याएको र सुतिरहेकी पत्नीमाथि फालेको पाइएको छ ।
उत्तराको मृत्यु भएको केही दिनपछि नै सुरजले पत्नीको सम्पत्ति आफ्नो नाममा पार्न खोजेपछि उत्तराका आमाबुवालाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

उत्तरा सम्पन्न परिवारकी थिइन् भने निजी बैंकमा काम गर्ने सुरज सामान्य परिवारका हुन् ।