प्रधानमन्त्री ओलीद्वारा आज साँझ सर्वदलीय बैठक आह्वान

Newslaya Home

प्रधानमन्त्री ओलीद्वारा आज साँझ सर्वदलीय बैठक आह्वान

मङ्गलबार १३, जेठ २०७७

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) साँझ ५ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी नियन्त्रण बारेमा छलफल हुने जनाइएको छ ।

हालै सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको छ भने सो नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यस्तै कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् ।