स्वास्थ्यमन्त्री ढकाल ‘होम क्वारेन्टाइन’मा

Newslaya Home

स्वास्थ्यमन्त्री ढकाल ‘होम क्वारेन्टाइन’मा

मङ्गलबार १३, जेठ २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भेटेको बिरामीलाई कोरोना संक्रमण देखिएपछि गत शुक्रबारबाट मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् ।

बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो । होम क्वारेन्टाइनमा रहेका कारण सोमबारको बसेको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल उपस्थित भएका थिएनन् ।

होम होम क्वारेन्टाइनमा रहेका मन्त्री ढकालको स्वाब मंगलबार लिइएको छ ।