अमेरिका र भारतमा कोरोना बिरामीलाई दिइएको औषधी हानिकारक

Newslaya Home

अमेरिका र भारतमा कोरोना बिरामीलाई दिइएको औषधी हानिकारक

मङ्गलबार १३, जेठ २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ । कोरोना बिरामीलाई भारत र अमेरिकाले दिँदै आएको यो औषधी हानिकारक रहेको उसको भनाई छ । यही औषधी भारतले केही समयअघि नेपाललाई दिएको थियो ।

टेड्रोसका अनुसार साधारणतया हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग मलेरियाका रोग जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ ।

तर कोरोनाका बिरामी यो औषधीको सुरक्षित प्रयोगको विषयमा चिन्तित छन् । कोरोना संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिएको छ, त्यहाँ मृत्युको खतरा धेरै भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो औषधीको प्रयोगमा लगातार प्रोत्साहन गर्दै आएका छन् ।

हालै उनले कोरोना भाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थिए ।