होटललाई क्वारेन्टाइन बनाइदै : चार पटक खाना, तीन पटक स्वास्थ्य जाच

Newslaya Home

होटललाई क्वारेन्टाइन बनाइदै : चार पटक खाना, तीन पटक स्वास्थ्य जाच

मङ्गलबार १३, जेठ २०७७

काठमाडौं । सरकारले होटललाई क्वारेन्टाइन प्रयोजनमा प्रयोग गर्न इच्छा देखाएपछि व्यवशायीहरुले प्रस्ताव तयार गरेका छन् । होटलको स्तर अनुसार दैनिक तीन हजार रुपैयाँदेखि १६ हजार रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्ने होटल संघले सरकारसँग प्रस्ताव गरेको छ।

पर्यटक स्तरको होटल क्वारेन्टइनमा प्रति व्यक्ति तीन हजार रुपैयाँ, डबल अकुपेन्सीका लागि पाँच हजार रुपैयाँ र पाँच तारे होटल क्वारेन्टाइनमा प्रति व्यक्ति आठ हजार रुपैयाँ र डबल अकुपेन्सीका लागि १६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

विहानदेखि बेलुकासम्म चार छाक खाना र दैनिक न्युनतम तीनपटक स्वास्थ्यकर्मी मार्फत चेक जाँचको सुविधा हुनेछ । बसेकै ठाउँमा सबै कुराको सुविधा हुने, हरेक कोठा कोरिडोर लिफ्ट सबै डिसइन्फेक्ट गर्नुपर्ने र हरेक कोठामा मास्क ग्लोब्स अनिवार्य राख्नुपर्ने भएकोले यो खर्च धेरै नभएको व्यवशायीको भनाई छ ।