रेमिट्यान्स पठाउन सजिलो बनाइँदै

Newslaya Home

रेमिट्यान्स पठाउन सजिलो बनाइँदै

मङ्गलबार १३, जेठ २०७७

काठमाडौं । विदेशमा रहेका नेपाललीलाई घरमै बसेर रेमिट्यान्स पठाउन पाउने सुविधा दिन नेपाल राष्ट्र बैंकले तयारी थालेको छ। त्यसका लागि केही प्राविधिक तयारी भइरहेको जनाइएको छ ।

अहिले नै पनि एक जनाले धेरै मान्छेको नाममा पैसा पठाउन सक्ने गरी व्यवस्था गरिएको छ । यसअघि विदेशबाट पैसा पठाउने व्यक्ति स्वयम् उपस्थिति भएर विदेशी रेमिट्यान्स पठाउनुपर्ने अवस्था थियो ।

तर, त्यसरी विदेशबाट पैसा पठाउँदा एक जनाको नाममा प्रतिदिन एक पटकमा १५ सय अमेरिकी डलरभन्दा बढी पैसा पठाउन पाउने छैन।

तर यस्तो नीतिगत लचकताले विदेशमा पैसा जम्मा गर्नेहरुलाई सम्पत्ती फिर्ता ल्याउन सजिलो हुनसक्ने चिन्ता व्यवशायीहरुले गरेका छन् । कर छली र भ्रष्टाचारबाट ठूलो सम्पत्ती बाहिरका बैंकहरुमा राखेकाहरुले यो अवसरलाई प्रयोग गरेर पैसा नेपाल ल्याउन सक्ने सम्भावना छ ।