६ लाख नेपालीको कोरोना परिक्षण गरिने

Newslaya Home

६ लाख नेपालीको कोरोना परिक्षण गरिने

सोमबार १२, जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ लाख नेपालीको कोरोना परीक्षण गरिने बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझाव अनुसार कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने बताएका हुन् ।

नेपालको कुल जनसंख्या ३ करोडमा दुई प्रतिशतको गर्दा ६ लाखको कोरोना परीक्षण गर्न आवश्यक छ ।